१४ बैशाख २०८१, शुक्रबार

गृह मन्त्रालयबाट निस्कदै गर्दा रविको प्रतिक्रिया- ‘म अनागरिक हुँ, केही पनि होइन र कहिँको पनि होइन’

rabui

रवि लामिछानेले अदालतको फैसलालाई स्वीकार गर्ने प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले गृह मन्त्रालयबाट निस्कने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषि ठहर गरेपछि प्रतिक्रिया दिँदै लामिछानेले अदालतको फैसला स्वीकार्य हुने बताए ।

अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अदालतको फैसलाअनुससर म अनागरिक छु । मसँग कुनै प्रश्नको जवाफ नै छैन ।’

लामिछाने आफू परिचय नभएको नागरिक भएको बताएका छन्। आफू अनागरिक भएको भन्दै आफूसँग दिने कुनै जवाफ नभएको बताएका हुन्। यद्यपि उनले सर्वोच्चको फैसलालाई स्वागत र स्वीकार गर्ने बताए।

सञ्चारकर्मीले सर्वोच्चको फैसलाबारे प्रतिक्रिया लिन खोजेपछि उनले भने, ‘तपाईंहरू एउटा अनागरिकलाई प्रश्न सोधिरहनुभएको छ, कहाँको नागरिकलाई प्रश्न सोध्नुभएको तपाईंहरूले। यतिखेर म अनागरिक छु, अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ?’

उनले आफ्नो भावी योजनाको बारेमा समेत खासै बताउन चाहेनन्।

तपाईं अब के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘थाहा छैन मलाई, एउटा अनागरिकले के गर्छ मैले बुझेकै छैन। म अब केही पनि होइन, कहिँको पनि होइन। मसँग कुनै जवाफ नै छैन, परिचय नभएको अनागरिक हुँ म।’

शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग भएको नागरिकता अवैध भएको ठहर गरेको थियो। नागरिकता अवैध भएसँगै उनको पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत उत्प्रेषणको आदेशले बदर गरेको थियो।

उनले आजै उपप्रधानदहित गृह मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् ।

    सम्बन्धित समाचार...