१४ बैशाख २०८१, शुक्रबार

संसद् भवन अगाडि आत्मदाह प्रयास गर्ने आचार्यको निधन

Premacharya

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । उनको उपचारको क्रममा बुधबार बिहान ५ बजे निधन भएको अस्पतालले जानकारी दिएको छ ।

इलाम, पञ्चकन्याका ३७ वर्षीय आचार्यले आफैँले शरीरमा पट्रोल छर्किएर मंगलबार अपराह्न आगो लगाएका थिए ।

घटनाअघि उनले फेसबुकमा लामो स्टाटस लेख्दै कुनै उपाय लगाउँदा पनि बाच्न नसक्ने अवस्थाका कारण मृत्युलाई रोज्न बाध्य भएको उल्लेख गरेका थिए । विभिन्न व्यवसाय गर्दा धेरै ऋणमा डुबेर गरी खान नसक्ने स्थितिमा पुगेकाले आत्महत्याको निर्णय लिन पुगेको स्टाटसमा लेखेका छन् ।

उनी विवेकशील साझा पार्टीको इलाम जिल्लाको जिल्ला संयोजकसमेत रहेको खुलेको छ । 

    सम्बन्धित समाचार...