१३ बैशाख २०८१, बिहीबार

बाजुरा केन्द्रविन्दु भएर ५‍.९ म्याग्निच्युडको भूकम्प, बझाङमा दर्जन बढी घरमा क्षति

327088148 502688095113056 7191925087979908990 n.jpg

सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको मेला क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरु भत्किएका छन् । तर, क्षतिको एकीन विवरण भने आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला सदरमुकाममा रहेको कृषि ज्ञान केन्द्रको लगायत दर्जन बढी आवासीय घरमा भूकम्पले क्षति पुर्‍याएको छ ।

केही घर भत्किएका छन्, भने केही घर चर्किएका छन् । भुकम्पबाट मानवीय क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले केहि स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ । सुदूरपश्चिममा सोमबार रातिदेखि बर्षासँगै पहाडी जिल्लामा हिमपातसमेत भएको छ ।

327133165 1360290711387920 7886419258215341968 n.jpg

    सम्बन्धित समाचार...