१५ चैत्र २०८०, बिहीबार

किन खानतलास गर्‍यो एफबीआइले बाइडेनको निजी निवासमा ?

joe biden

संघीय अनुसन्धान व्युरो (एफबिआई)ले डेलावार राज्यको विल्मिंगटनस्थित अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा खानतलास गरेको छ । खानतलासका क्रममा एफबिआईले ‘गोप्य’ लेखिएका केही दस्तावेज र अन्य केही कागजात आफ्नो स्वामित्वमा लिएको बाइडेनका वकिलले बताएका छन् ।

केही दिनअघि राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिंगटनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको बताएपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो ।

बाइडेनले एफबिआईको टोलीलाई स्वैच्छिक रूपमा खानतलासको अनुमति दिएका थिए । विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।

बाइडेन उपराष्ट्रपति रहेका बेलाका ६ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताएका थिए ।

यसैबीच, घन्टौँ लामो खानतलासीका क्रममा गोप्य लेखिएका ६ वटा दस्तावेज एफबिआइले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले जानकारी दिए ।

    सम्बन्धित समाचार...