१३ बैशाख २०८१, बिहीबार

जिप दुर्घटनामा चार जनाको निधन

SurkhetAccident22 1674361139

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित रत्न राजमार्गमा पर्ने झुप्रा खोलामा जिप दुर्घटना हुँदा चार जनाको निधन भएको छ ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाईलेक्स गाडी अनियन्त्रित भइ आज बिहान साढे दुई बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ७०/८० मिटर तल खसेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा चालकसहित चार जनाको निधन भएको हो भने एक जना घाइतेको उपचार भइरहेको छ ।

निधन हुनेमा वीरेन्द्रनगर–७ का चालक २७ वर्षीय सागर शाही, दैलेख, डुङ्गेश्वर गाउपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ का ३६ वर्षीय रोजेन्द्र बिसी रहेका छन् ।

घाइते अवस्थामा उद्धार गरिएका उनीहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा निधन भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका दैलेख, भैरवी गाउँपालिका–५ का २५/२६ वर्षीय वीरेन्द्रराज शाहीको उपचार भइरहेको छ ।

    सम्बन्धित समाचार...