१२ बैशाख २०८१, बुधबार

संविधानमाथि खतराको घण्टी फेरि प्रकट : प्रकाशरण महत

Prakashsharan Mahat

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेकाले फेरि संविधानमाथि खतरा पैदा हुन सुरु भएको बताएका हुन् ।

महतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि कांग्रेसले समर्थन गरेको उल्लेख गर्दै राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताए ।

‘अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ । ओलीजीले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ । अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने कि नउभिने भन्ने हो । स्वार्थमा मुन्टो लुकाएर बस्नेु भयो भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने उहाँहरुकै हातमा छ ।’ महतले भने ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएको बताए ।

    सम्बन्धित समाचार...