१३ बैशाख २०८१, बिहीबार

कोभिड संक्रमितको दर बढ्दैछ, सतर्कता अपनाउनू: स्वास्थ्य मन्त्रालय

helth ministry office nepal

पछिल्लो समय दैनिक रुपमा कोभिड संक्रमित देखा पर्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही समय अगाडिसम्म २-३ दिन बिराएर संक्रमित पहिचान हुने गरेकोमा अहिले दैनिक ५ जनाको हाराहारीमा संक्रमित देखिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर निकै संक्रामक मानिएको ओमक्रोनको सव भेरियन्ट बिएफ–सेभेन भने नेपालमा पुष्टि भएको छैन ।

यता चिकित्सकहरु भने विगतमा कोभिड संक्रमण भएकाहरुमा अहिले पोस्ट कोभिड अर्थात् सास फेर्न गार्हो हुने, खोकी लाग्नेलगायतका समस्या देखा परिरहेको बताउँछन् । अझ पहिले कोभिड भएर जटिलता देखिएका बिरामीमा यस्तो समस्या बढी छ ।

अहिले नेपालमा कोभिडका ३६ जना सक्रिय संक्रमित छन् । सरकारले कोभ्याक्समार्फत् बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप माघको दोस्रो सातासम्म ल्याइसक्ने बताएको छ । तर अहिलेसम्म खोप ल्याउनका लागि विमान बुकिङ भने भएको छैन ।

    सम्बन्धित समाचार...