१६ चैत्र २०८०, शुक्रबार

सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न कांग्रेसको माग

326190628 2863465367116830 8840036963034620622 n.jpg

कांग्रेसले सभामुख निर्वाचन प्रक्रिया स्थगित गर्न माग गरेको छ ।

बिहीबार बिहान सुरु भएको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति सरकारले संसदमा कुरा नउठाएकोप्रति आपत्ति जनाउँदै रुलिङको माग गरेका हुन् । उनले आजको कार्यसूची स्थगित गरेर भए पनि सरकारले जहाज दुर्घटनाबारे जानकारी गराउन माग गरे ।

आजको प्रतिनिधिसभाको बैठकमा सभामुखका लागि निर्वाचन हुने कार्यसूची छ । कांग्रेसको यस्तो मागपछि सभाध्यक्ष पशुपतिशमशेर राणाले सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई जवाफ दिन समय दिएका थिए ।

नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपालाई प्रतिपक्षी दल घोषणा गर्न माग गरेका छन् । प्रतिनिधिसभामा नेमकिपाबाट एकजना सांसद छन्। उनले संसद बैठक स्थगित गरेर भए पनि विपक्षी दल नेता तोक्न माग गरेका छन्।

    सम्बन्धित समाचार...