११ बैशाख २०८१, मंगलवार

बहुमतले अस्वीकृत उपसभामुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ शाहीको प्रस्ताव

Capture 4

कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित भएकी छिन् ।

४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागि थिए ।

ती प्रदेशसभा सदस्यमध्ये शाहीको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेकी हुन् । उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।

    सम्बन्धित समाचार...