
पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्नेमा एकजना लोक गायिकासमेत रहेकी छिन् । दुर्घटनामा परेको जहाजमा चर्चित लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ।
बाग्लुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन सो जहाजमा गएको पारिवारिक स्रोतले पुष्टि गर्यो ।
गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रु सूचीको ११ नम्बरमा उनको पनि नाम छ।
उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन पोखरा गएकी थिइन् । उनले चार घण्टा अगाडि मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् । ‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले लेखेकी थिइन्।