१२ बैशाख २०८१, बुधबार

किन ओरालो लाग्यो ४ सय अंकले बढेको सेयर बजार ?

share bajar stock

सेयर बजार परिसूचक नेप्से आज ४१ अंकले घटेको छ । नयाँ सरकार बनेपछि उकालो लागेको बजार लगातार २ दिन ओरालो लागेको हो ।

मंगलबार २१ अंकले घटेको बजार आज ४१ अंकले घटेको छ । लामो समयसम्म १८ सयको न्यूनतम विन्दुमा रहेको बजार विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएसँगै उकालो लागेको थियो । । सेयर बजार ओरालो लाग्ने कारणहरू यथावत् रहे पनि नयाँ सरकार बने यता करिब ४ सय अंकले बढेको थियो ।

विहीबार बजार ४१ दशमलव शून्य ४ अंकले घटेर २१ सय ४९ दशमलव तीन नौ अंकमा झरेको छ । छोटो समयमै उचालिएको बजार दिगो हुन्छ कि हुँदैन भनेर विश्लेषण भइरहेको समयमा बजार पुनः ओरालो लागेको छ । तर विश्लेषकहरूले भने लगानीकर्ताले नाफा बुक गर्दा बजार घटेको बताएका छन् ।

आज २ सय ५२ कम्पनीका १ करोड ४४ लाख कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड भन्दा बढीको कारोबार भएको छ । दिनभर कारोबार भएका कम्पनीहरूमा सबैभन्दा बढी कुमारी धन वृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेडका सेयर धनीले १० प्रतिशतले कमाएका छन् ।

त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाका सेयर धनीले ९ प्रतिशतले गुमाएका छन् । कारोबार रकममा सबैभन्दा बढी शिवम् सिमेन्टको २२ करोड २० लाख र रिडी पावर कम्पनी लिमिटेडको १७ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सम्बन्धित समाचार...