७ जेष्ठ २०८१, सोमबार

उपनिर्वाचनका लागि एकीकृत समाजवादी र बहुजन पार्टीको निवेदन

Rastriy sava eletation

राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् ।

दल दर्ताका लागि निर्वाचन आयोगले पुस २८ गते बिहीबारसम्मको समयसीमा निर्धारण गरेको छ ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अधिकृत मधुकर पोखरेलले नेकपा एकीकृत समाजवादी र बहुजन शक्ति पार्टीले उपनिर्वाचनमा भाग लिन निवेदन दिएको जानकारी दिनुभयो । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आगामी माघ २५ गते निर्वाचन हुँदैछ ।

लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएपछि पद रिक्त हुन गएको हो । राष्ट्रिय सभाबाट राजीनामा गरेर प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन उम्मेदवारी दिनुभएका भट्टराईको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको थियो । प्रतिनिधि सभामा लुम्बिनी प्रदेशबाट सात राजनीतिक दलका प्रतिनिधि निर्वाचित भएका छन् ।

    सम्बन्धित समाचार...