५ जेष्ठ २०८१, शनिबार

केपी ओलीलाई चित्रबहादुर केसीको प्रश्न- संसद् भत्काउन वाम गठबन्धन गरेको ?

chitarbadhur kc

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले गरेको संसद विघटनको बचाऊ गरे, जसको जवाफ दिए जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ।

संसद विघटन गर्नु प्रतिगमन नभएको ओलीको तर्कलाई खण्डन गर्दै केसीले संसदमा भने, ‘अघि एकजना माननीयले संसद् भत्काउने कुरा गर्नुभयो, के संसद् भत्काउनका लागि वाम गठबन्धन गरेको हो ?’

आफूलाई सत्तामा पुर्‍याउनकै लागि गठबन्धन फेर्ने प्रचलन गलत रहेको भन्दै केसीले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि नाम नदिई व्यंग्य गरे ।

संघीयताले खर्च बढेको भन्दै उनले संघीयता खारेज हुनुपर्ने बताए । देशमा भ्रष्टाचार बढेको भन्दै केसीले यसमा गम्भीर नभए देश दुर्घटनामा पर्न सक्ने खतरा औंल्याए ।

    सम्बन्धित समाचार...