१५ बैशाख २०८१, शनिबार

राहदानी विभागले भन्यो- सर्भर चल्यो, राहदानी लिन आउनू

passport department

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले बिग्रिएको सर्भर पुन: सञ्चालनमा आएको भन्दै सर्वसाधारणलाई राहदानी लिन आउन भनेको छ ।

विभागकी प्रवक्ता दुरपदा सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘विभागमा राहदानीको लागि आवेदन दिएका आवेदकहरूले आफ्नो मोबाइलमा एसएमएस म्यासेज प्राप्त भएपछि अथवा नेपाल ई-पासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपश्चात राहदानी लिन आउनुहुनसमेत अनुरोध छ ।’

राहदानी वितरणमा भएको केही ढिलाइले सेवाग्राहीहरूमा पर्न गएको असुविधा प्रति राहदानी विभागले क्षमा पनि मागेको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्त र प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने पनि विज्ञप्तिमार्फत जनाएको छ ।

राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा पुस १७ देखि सर्भरमा सुस्तता आएको थियो ।

Pa

    सम्बन्धित समाचार...