५ जेष्ठ २०८१, शनिबार

सत्ता साझेदारको बैठक बालुवाटारमा जारी, मुख्यमन्त्री बाँडफाँडमा छलफल

prachanda gathbandan
फाइल फोटो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसिरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका सीके राउतको सहभागिता छ ।

बैठकमा मुख्यमन्त्री बाँडफाँडलगायतका विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।

आज मात्रै प्रदेश १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शीर्ष नेताबीच प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

    सम्बन्धित समाचार...