१३ बैशाख २०८१, बिहीबार

यस्ताे छ विदेशी मुद्राको विनिमय दर

dollar

नेपाल राष्ट्र बैँकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ । 

रोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीमा १३९ रुपैयाँ ४७ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिदमूल्य ८९रुपैयाँ २ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ । 

साउदी अरेवियन रियल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १३ पैसा रहेको छ । 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३७ पैसा र बिक्रीमा १० रुपैयाँ ४२ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीमा ४३२ रुपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८८ पैसा रहेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

    सम्बन्धित समाचार...