८ बैशाख २०८१, शनिबार

मौसम: पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु र कुहिरो

weather aajko mausam

प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा भने आज मौसम सामान्यत: सफा रहनेछ। अहिले बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान अनुसार भोलि (सोमबार) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै (मंगलबार) पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले तराईका धेरै भू-भागमा बाक्लो हुस्सु/कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन आग्रह पनि गरेको छ । 

    सम्बन्धित समाचार...