१२ बैशाख २०८१, बुधबार

नेपाललाई ओलीको कटाक्ष : चुनावपछि टर्च बालेर एमाले खोज्नुपर्छ भन्ने पार्टीको हालत !

kp oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीको हालत ठीक नभएको टिप्पणी गरेका छन् ।

नयाँ बानेश्वरमा शनिबार एमालेबाट निर्वाचित सांसद्को अभिमुखीकरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेप्रति नकरात्मक टिप्पणी गर्ने पार्टीको अवस्था ठीक नभएको बताएका हुन् ।

उनले भने, ‘कठैबरा हामीलाई चुनावपछि टर्च बालेर खोज्नुपर्छ भन्ने पार्टीको हालत हेर्नुहोस् त !’

एमाले पार्टी फुटाएर माधव कुमार नेपालले एकीकृत समाजवादी पार्टी स्थापना गरेका हुन् । निर्वाचनको दौरान अध्यक्ष नेपालले एमालेलाई चुनावपछि टर्च बालेर खोज्नुपर्ने अभिव्यक्ति दिएका थिए ।