२२ बैशाख २०८२, सोमबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन एमाले सांसदलाई अध्यक्ष ओलीको निर्देशन

kp oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही पुस २६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुस २६ गते समयमै बैठकमा उपस्थित भएर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

‘यो सरकारले सही नीति लिओस्, भ्रष्टाचार नगरोस्, यसले सुशासन र विकासलाई उचित र आवश्यक कदमहरु दृढताका साथ अघि बढाओस् । त्यसकारण पर्सी २६ गते प्रतिनिधिसभा सदस्य साथीहरु समयमा उपस्थित भइ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनु होला ।’ उनले भने ।

साथै अध्यक्ष ओलीले सांसदहरुलाई पार्टीको निर्णयभन्दा बाहिर गएर केही नबोल्न पनि निर्देशन दिए ।

अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार ढाल्न लागिपरेको आरोप पनि लगाए । अहिलेको सरकार ढाल्न सभापति देउवा कुनै दलको अध्यक्षको घरमा प्रधानमन्त्री बाढ्दै हिँडेको ओलीको आरोप छ ।

उनले भने, ‘यो सरकार ढले उपधारा ३ बमोजिम सरकार बन्छ तर देउवा २ अन्तर्गतकै सरकार बनाउन लागिपरेका छन् ।’