१६ बैशाख २०८१, आईतवार

रसफोर्ड चम्किदा युनाइटेड चौथो चरणमा

1246046867.0

मार्कुस रासफोर्डको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले शुक्रबार राति एभर्टनमाथि ३–१ को जित निकालेको छ । सहज जितपछि युनाइटेड एफए कपको चौथो चरणमा स्थान बनायो । 

खेलको चौथो मिनेटमा एन्टोनीले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । १४औं मिनेटमा कोनर काउडेले एभर्टनलाई खेलमा फर्काए । 

५२औं मिनेटमा एभर्टनका काउडेको आत्मघाती गोलमा युनाइटेडले अग्रता लियो । इन्जुरी समयको सातौं मिनेटमा रासफोर्डले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको जित पक्का गरे ।

जारी सिजन सबैखाले प्रतियोगिता गरि युनाइटेडले जितेको यो लागातार सातौं खेल हो । २०१९ मा तत्कालिन प्रशिक्षक ओले गनर सोल्सायरको प्रशिक्षणपछि युनाइटेडले लगातार सात खेलमा पहिलो पटक जित निकालेको हो । 

    सम्बन्धित समाचार...