१६ चैत्र २०८०, शुक्रबार

६ वर्षीय बालकले भर्जिनियाको एक विद्यालयमा शिक्षकलाई गोली हाने, प्रहरी भन्छन् ‘आकस्मिक थिएन’

AP Photo
रिचनेक प्राथमिक विद्यालयमा भएको घटनापछि बाहिर देखिएको कोलाहाल ।

अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक लागेको छैन ।

‘व्यक्ति एक ६ वर्षीय विद्यार्थी हुन । उनी अहिले प्रहरी हिरासतमा छन्’, स्थानीय प्रहरी प्रमुख स्टीव ड्र्यूले एक पत्रकार सम्मेलनमा भने, ‘यो आकस्मिक गोलीबारी थिएन ।’

पीडित महिला ३० वर्षकी शिक्षिका रहेको र उनको ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ । ‘म स्तब्ध छु, र म निराश छु’, सहरका विद्यालय निरीक्षक जर्ज पार्करले भने ।

    सम्बन्धित समाचार...