५ जेष्ठ २०८१, शनिबार

संसद् अधिवेशन पुरानै नियमावलीअनुसार, पूर्वप्रधानमन्त्रीलाई बोल्न समयको बन्देज नलाग्ने

all party meeting 8 .jpg

पुस २५ गते बस्ने संघीय संसद्‌को बैठक पुरानै नियमावलीअनुसार हुने भएको छ । संसद् अधिवेशनको पूर्वतयारीका लागि आज (शुक्रबार) नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा साबिककै नियमावलीअनुसार बैठक अघि बढाउन दलहरु सहमत भएका हुन् ।

सर्वदलीय बैठकमा सहमति जुटेसँगै अब प्रतिनिधिसभा नियमावली २०७५ लाई संशोधन गर्ने कि साबिककै नियमावलीअनुसार अघि बढ्ने भन्ने दुविधाको अन्त्य भएको छ ।

२५ गते संसद् बैठकमा बोल्ने दलका नेता र सांसदहरुको समयसमेत निर्धारण भएको छ । पूर्वप्रधानमन्त्रीहरुको हकमा भने समयसीमा नलाग्ने भएको छ ।

सभामुखको चयन नभएका कारण २५ गतेको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गर्नेछन् । बैठक सुरु भएको १५ दिन, अर्थात् माघ ९ गतेभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्नेछ ।

    सम्बन्धित समाचार...