१३ बैशाख २०८१, बिहीबार

युक्रेनमा आक्रमण गरिरहेको रूसद्वारा ३६ घण्टे युद्धविराम घोषणा

Vladimir Putin

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि ३६ घण्टा कुनै प्रकारको हमला नगर्न रक्षा मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

आज दिउँसो १२ बजेदेखि भोलि राति १२ बजेसम्मका लागि रुसी राष्ट्रपति पुटिनले युद्धविरामको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् ।

रुसका ईसाई धर्मगुरु किरिलको अपिलका आधारमा राष्ट्रपति पुटिनले अर्थोेडक्स क्रिसमस पर्वका अवसरमा अस्थायी युद्धविराम घोषणा गरेको क्रेमलिनले जनाएको छ ।

अर्थोडक्स क्रिसमस रुस, ग्रीस, इथियोपिया, इजिप्ट लगायत पूर्वी युरोपका देशमा मनाइन्छ ।

    सम्बन्धित समाचार...