१५ चैत्र २०८०, बिहीबार

चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने

nepal rb

नेपाल नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै किस्तामा कर्जा भुक्तानी गर्न सक्ने व्यवस्था गरेको छ । 

बुधबार भर्चुअल माध्मयममार्फत पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको जानकारी दिएको हो । 

चालू पुँजी कर्जा मार्गदर्शन संशोधनको माग राखेर व्यवासायीहरु आन्दोलित भएका बेला राष्ट्र बैंकले विशेषगरी पाँचवटा बुँदामा संशोधन गरेको बैंकका प्रवक्ता गुणकार भट्टले जानकारी दिए । 

संशोधित कर्जा मार्गदर्शनअनुसार अब सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने प्रवक्ता भट्टले जानकारी दिए । 

संशोधित मार्गदर्शन दुई करोडभन्दा माथिका कर्जाको हकमा लागू हुनेछ ।

    सम्बन्धित समाचार...