१४ बैशाख २०८१, शुक्रबार

थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४०८५, ५८४ निको भए

corona nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ जनामा संक्रमणको पुष्टि भएको छ । थपिनेमा २ सय ९२ पुरुष र ३१ महिला छन् ।

त्यस्तै ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । यो सहित निको हुनेको संख्या ५८४ पुगेको छ। निको हुनेमा पुरुष ८८ र महिला ८ छन्।