१६ चैत्र २०८०, शुक्रबार

उत्सर्जन जारी रहे सन् २०५० सम्ममा ६ प्रतिशत बनस्पति र जनावर लोप हुने

Mariupol Steel Factory
फाइल फोटो

उत्सर्जन जारी रहे सन् २०५० सम्ममा ६ प्रतिशत वनस्पति र जनावर लोप हुने र शताब्दीको अन्त्यसम्ममा यो संख्या १३ प्रतिशतमा पुग्ने हालै प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले बताएका छन् । सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति र जनावरहरू लोप हुने पनि अनुसन्धानमा उल्लेख छ । 

आइयुसीएनद्वारा अनुगमन गरिएका १ लाख ५० हजार ३८८ प्रजातिहरू मध्ये ४२ हजारभन्दा बढी बोटबिरुवा र जनावरका प्रजातिहरू लोप हुन सक्ने अध्ययनले अनुमान गरेको छ ।
अध्ययनले तापक्रममा वृद्धिले पृथ्वीमा जीवनको सञ्जाललाई असर गर्ने चिन्ताजनक तस्बिर पनि चित्रण गरेको छ । ् खराव अवस्था जारी रहे सन् २१०० सम्ममा २७ प्रतिशत वनस्पति र जनावरहरू लोप हुने अध्ययनमा उल्लेख छ । 

अध्ययन साइन्स एडभान्स जर्नलमा प्रकाशित छ ।

    सम्बन्धित समाचार...