१३ बैशाख २०८१, बिहीबार

कस्तो रहला आजको मौसम ?

weather aajko mausam

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार तराईका केही भू-भागमा हुस्सु/कुहिरो लाग्ने छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ। दिउँसो र राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार भोलि (बुधबार) प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै, बिहीबार प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सम्बन्धित समाचार...