
अमेरिकी टीभी होस्ट तथा समाचार वाचिका बार्बरा वाल्टर्सको ९३ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९७६ मा एबीसी न्युजमा आबद्ध हुँदा पहिलो अमेरिकी महिला नेटवर्क न्युज एंकर बनेकी बार्बराले पत्रकारितामा करिब ५ दशक बिताइन् । उनलाई टेलिभिजन र पत्रकारिता जगतमा महिलाहरूका लागि पथप्रदर्शकका रूपमा लिइन्छ ।
बार्बराले उनको पत्रकारिता करियरमा मार्गरेट थ्याचर, भ्लादिमिर पुटिन, फिडेल क्यास्ट्रो र रिचर्ड निक्सनदेखि डोनाल्ड ट्रम्पसम्म सबै अमेरिकी राष्ट्रपतिलगायत विभिन्न विश्व नेताहरूसँग अन्तर्वार्ता गरेकी बीबीसीले जनाएको छ ।
नेशनल एकेडमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेसद्वारा लाइफटाइम अचिभमन्ट अवार्ड प्राप्त गरेकी बार्बराले सन् २००० मा भनेकी थिइन, ‘मैले एक यस्तो जीवनको आशीर्वाद पाएँ जसको कहिल्यै अपेक्षा थिएन ।’