१ जेष्ठ २०८१, मंगलवार

बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी

IMG 20220713 133801 0

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ । रातको समयमा कसले अगजनी गर्‍यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताए ।

नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाको राम्रो कामप्रति प्रतिशोध साधेर आगजनी र तोडफोड भएको बताए । 

केही महिना पहिला नगरपालिकाको प्रावधिक फाटबाट ल्यापटवलगाएतका समान चोरी भएका थियो ।

    सम्बन्धित समाचार...