१ जेष्ठ २०८१, मंगलवार

नायिका प्रियंकाकी सासू रविनाले सार्वजनिक गरिन् विदेशी प्रेममी

322109717 473683228053101 4508870249061934897 n

पूर्व बैंकर रविना देशराज श्रेष्ठले आफ्ना प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको तस्बिर सार्वजनिक गरेकी छिन् ।

रविनाले ईन्स्टाग्राममार्फत प्रेमीको तस्वीर सार्वजनिक गरेकी हुन् । रविनाका प्रेमी विदेशी नागरिक हुन् । रविनाले केही दिन अगाडि मात्रै मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत पदबाट राजीनामा दिएकी थिइन् ।

रविना सेलेब्रेटी बैंकरका रूपमा परिचित छिन् । रविना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन् ।

बिहीबार रविनाले ईन्स्टाग्राममा आफ्नो र प्रेमीको तस्बिर राखेकी छिन् । उनले लेखेकी छन्, ‘साथीहरू ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु ।’

‘यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ’, उनले भनेकी छिन् । रविनाले भनेकी छन्, ‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ ।’

‘उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ’, रविनाले भनेकी छिन्, ‘म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु…।’

रविनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको ईन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर आइ लभ यु पनि भनेकी छिन् ।

रविनाको पोस्टमा स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले पनि आइ लभ यु टू लेखेका छन् । रविनाले आफ्ना प्रेमीलाई चिनाउन पाउन खुसी लागेको बताएकी छिन् ।

रविनाले सबैले आफूलाई शुभकामना दिनुहुनेछ भन्ने आशा रहेको पनि बताएकी छिन् । छोराहरू आशीरमान र आयुष्मान, बुहारी प्रियंका, बैंकर अनिल केशरी शाह, कलाकार परिमिता राणा लगायतले मायाको इमोजी राख्दै कमेन्ट गरेका छन् ।

    सम्बन्धित समाचार...