२२ बैशाख २०८२, सोमबार

बाघ वर्गको बिदाइ गर्दै बिरालो वर्गको स्वागत गरेर हर्सोल्लासका साथ मनाइँदै तमु ल्होसार, आज सार्वजनिक बिदा

tamu losar 63

आज तमु ल्होसार । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । 

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । गुरुङ समुदायले हर्सोल्लासका साथ मनाउँदै छन् । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।

यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । पुरानो वर्ष बिदा गरी नयाँ वर्षको स्वागत गर्दै मनाइने तमु ल्होसारमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

गुरुङ बाहुल्य रहेको स्याङ्जा, कास्की, लमजुङ, पर्वत, मनाङ, गोरखा, तनहुँलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । अर्थात् यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष प्रदर्शनीसहित कार्यक्रमको आयोजना गरेको छ ।

    सम्बन्धित समाचार...