२४ बैशाख २०८२, बुधबार

यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम

world

किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति

सन् १९७२ मा किम इल सुङ उत्तर कोरियाको पहिलो राष्ट्रपति बनेका थिए । उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्बलीका सदस्यले उनलाई राष्ट्रपतिमा निर्वाचित गरेका थिए । सन् १९९८ मा राष्ट्रपतिको पद खारेज गरिएपछि सुङ त्यहाँको आजिवन नेता घोषित भएका थिए ।

बेरुत विमानस्थलमा इजरायलको छापा

सन् १९६८ मा इजरायलले बेरुत विमानस्थलमा छापा मारेको थियो । इजरायलको सुरक्षा फौजले अपरेसन गिफ्ट नाम विशेष कारबाहीमार्फत विमानस्थलमा छापा मारेको थियो । तेल अभिभबाट न्युयोर्कतर्फ उडेको इआई एआई विमानमा आक्रमणको बदलतामा इजरायले सो हमला गरेको थियो । एथेन्समा लेओभरमा रहेको समयमा दुई प्यालेस्टेनीले यात्रु र कारिन्दामाथि आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो । त्यसको बदलामा इजरायलले बेरुत विमानस्थलमा रहेका यात्रु र कार्गो विमानमा आक्रमण गरेको थियो । आक्रमणमा कसैको मृत्यु भने भएको थिएन् ।

भारतीय कंग्रेसको स्थापना

सन् १८८५ को २८ मा भारतीय कंग्रेसको स्थापना भएको थियो । कंग्रेस पार्टी व्रिटीश शासनविरुद्ध भारतको स्वतन्त्र आन्दोलनमा मुख्य सहभागीता  थियो । स्वतन्त्रपछि भारतको प्रथम प्रधानमन्त्री जहवारलाल नेहरु पनि कंग्रेस पार्टीकै थिए ।

    सम्बन्धित समाचार...