
गोरखाको मनकामना केबलकारमा प्राविधिक खराबी आएपछि बन्द भएको छ । विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगे पछि सोमबारदेखि बन्द भएको हो ।
क्षति पुगेको सामान र प्राविधिक अस्ट्रियाबाट झिकाउनु पर्ने भएकाले मर्मत गरेर सेवा सञ्चालनमा ल्याउन एकसाता लाग्ने मनकामना केबलकारका नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।
केबलकार बन्द हुँदा मनकामना आउने दर्शनार्थीहरू सडक र पदमार्गबाट मन्दिर पुग्न परेको छ । त्यस्तै, मनकामनामा चहलपहल पनि घटेको छ ।