२९ बैशाख २०८२, सोमबार

छलफलमा सहमति जुट्न नसकेपछि देउवासँग असन्तुष्ट बनेका माधव नेपाल गएनन् बालकोट

madhav nepal
फाइल फोटो

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहानैदेखिको छलफलमा सहमति जुट्न नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट पुगे । उनले बालकोट पुगेर ओलीसँग साढे २ वर्ष, साढे २ वर्ष आलोपालो सरकार चलाउने भन्ने विषयमा सहमति गरिसकेका छन् ।

तर सत्ता गठबन्धनकै सहयात्री दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने न त ओलीले बालकोट लगे न नेपाल स्वयं बालकोट गए । नेकपा एमालेबाट छुट्टिएर एकीकृत समाजवादी गठन गरेपछि दाहालकै साथमा रहेका नेपाललाई वास्तै नगरी बालकोट पुगेर सहमति गरेपछि अहिले नेपाल यता न उताको भएका छन् ।

सत्ता गठबन्धनमा देउवाले दाहालसँग सहमति गर्न नसक्दा नेपाल भने खिन्न भएका छन् । प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीलाई अहिले कसैले चासो नदेखाउँदा नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । नेपाल जति देउवासँग रुष्ट छन् त्यति नै दाहालसँग पनि रुष्ट भएका छन् । माधव नेपालले दाहाललाई सहमतिमा ल्याउन नसकेर गठबन्धन तोडेर ठूलो गल्ती गरेको भन्दै माधव नेपालले असन्तुष्टि जनाएका छन् ।

दाहालले ओलीसँग सहमति गरेसँगै आजै शीतलनिवास पुगेर शपथग्रहण गर्ने तयारी गरेका छन् । सम्भवत: आजै दाहालले प्रधानमन्त्री पदको शपथ लिनेछन् । शीतलनिवासले पनि आजै नयाँ प्रधानमन्त्रीको शपथग्रहण गराउने तयारी गरेको छ ।