१५ चैत्र २०८०, बिहीबार

सरकार गठनको अन्तिम कसरतमा दाहाल : प्रतिपक्षमा बस्ने सम्भावना बढेको भन्दै बालकोट हुइँकिए

parchand

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने बताएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनबाट बाहिरेने मनस्थिति बनाएका छन् ।

अध्यक्ष दाहालले पार्टीका शीर्ष नेतालाई कांग्रेसलाई दुई ठूला पद दिएर सरकारमा जान नसकिने ब्रिफिङ गरेका छन् ।

पार्टीभित्र अध्यक्ष दाहालले अब प्रतिपक्षमा बस्ने सम्भावना बढेको ब्रिफिङ गरेको नेता हरिबोल गजुरेलले कान्तिपुर टीभीलाई बताए । उनले भने, ‘अध्यक्षले राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई दिएर सरकारमा जान सकिँदैन । प्रतिपक्षमा बस्ने सम्भावना बढ्यो भन्नुभएको छ । उहाँ अन्तिम कसरत गर्छु भनेर प्रधानमन्त्रीसँग छलफल बालुवाटार निस्किनुभयो ।’

अन्तिम कसरतका लागि बालुवाटार पुगेका दाहालले शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । उक्त छलफलमा पनि सहमति जुट्न नसकेन स्रोतले बताएको छ । नेपाल-दाहाल बाहिरिएका हुन् ।

नेपाल-दाहाल बालुवाटारबाट बाहिरिएपछि कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्कासँग परामर्श गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकमा कुनै सहमति जुट्न नसकेपछि दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट निस्किएको स्रोतले जनाएको छ ।