५ जेष्ठ २०८१, शनिबार

मौसम: हिमाली भूभागमा हिमपातको सम्भावना

weather aajko mausam

जल तथा मौसम विज्ञान विभागले आज देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ भने अहिले बिहान गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लागेको छ । हुस्सुको कारण चिसोसमेत बढेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यत: सफा रहनेछ । हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहनेछ।

सोमबार मधेस प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सम्बन्धित समाचार...