२३ बैशाख २०८१, आईतवार

को हुन् इमरान खानकी पूर्वपत्नीले तेस्रो विवाह गरेका बिलाल ?

reham khan pak

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पूर्वपत्नी रेहम खानले अमेरिकामा रहेका पाकिस्तानी अभिनेता तथा व्यंग्यकार मिर्जा बिलालसँग विवाह गरेकी छन् ।

सन् २०१४ खानसँग विवाह गरेकी ४९ वर्षीया ब्रिटिश–पाकिस्तानी पत्रकार रेहमले ट्वीटरमा अमेरिकी सहर सिएटलमा एक साधारण निकाह समारोहमा बिलालसँग आफ्नो विवाह भएको घोषणा गरेकी हुन ।

उनले आफ्नो र बिलालको निक्का समारोहको तस्विर पनि ट्विटरमा सेयर गरेकी छिन् । पहिलो तस्बिरमा विवाहको औंठी देखाउँदै जोडीले हात समातेको देख्न सकिन्छ । 

रेहम र बिलाल दुवैको यो तेस्रो विवाह हो । रहमको पहिलो विवाह इजाज रहमानसँग भएको थियो, जो एक मनोचिकित्सक हुन्। यो जोडीले सन् १९९३ मा विवाह गरे र सन् २००५ मा सम्बन्धविच्छेद भएको थियो । 

उनको दोस्रो विवाह इमरान खानसँग भएको थियो, जुन मुश्किलले १० महिना टिकेको थियो । जियो न्युजकाअनुसार यो जोडीले २०१४ मा विवाह गरेको थियो र २०१५ मा सम्बन्धविच्छेद भएको थियो ।

खानसँगको सम्बन्धविच्छेदपछि रेहमले उनलाई ‘विश्वासघाती’ भएको आरोप लगाएकी थिइन् ।

    सम्बन्धित समाचार...