२३ बैशाख २०८२, मंगलवार

आईपीएल २०२३ को अक्सन आज

ipl

इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं संस्करण ‌आगामी मार्च २३ बाट हुँदै छ । यसका लागि अक्सन आज (शुक्रबार) हुने भएको छ ।

आईपीएलको यस संस्करणका लागि अक्सन नेपाली समयअनुसार २:४५ बजे केरलाको कोचीमा हुँदै छ। तर, अधिकांश टिमले आफ्ना पुराना खेलाडी रिलिज नगरेका कारण यसलाई मिनी अक्सन भनिएको छ ।

मिनी अक्सनका लागि दुई सय ७३ भारतीय र एकसय ३२ विदेशी खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।

आईपीएलमा १० वटा टिम समभागी हुनेछन् । एउटा टोलीमा बढीमा आठ विदेशी खेलाडीसहित २५ जना हुन्छन् ।

आईपीएलको अक्सन सन् २००८ मा पहिलो पटक आयोजना गरिएको थियो ।

    सम्बन्धित समाचार...