२० बैशाख २०८१, बिहीबार

नियन्त्रण गुमाउँदैछ चीनले कोभिड–१९ व्यवस्थापनमा ? विज्ञ भन्छन् तीन वटा लहरको जोखिम छ

ChinaCovidpic

के चीनमा संक्रमणका घटना बढ्दै जाँदा चिनियाँ सरकारले कोभिड–१९ व्यवस्थापनमा नियन्त्रण गुमाउँदैछ ? महामारीविद्हरूले जाडोमा देशमा भाइरसको कम्तिमा तीनवटा लहर आउने भविष्यवाणी गरेका छन्। देशव्यापी विरोध प्रदर्शनपछि सरकारले तयारीबिना शून्य कोभिड नीति अन्त्य गरेको हङकङ पोस्टले रिपोर्ट गरेको छ ।

 चीन सरकारले अहिलेसम्म मृत्यु हुनेको संख्यामा मौन छ । यद्यपि, चिनियाँ अधिकारीहरूले आगामी महिनाहरूमा कोभिड संक्रमणको क्रमिक छालहरू बारे चेतावनी दिएका छन् । किनकि यस महिनाको सुरुमा प्रतिबन्धहरू हटाएपछि संक्रमणका घटनाहरू बढ्दै गएका छन् । 

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद् वु जुनयुको भनाई उद्धृत गर्दै लेखेको छ, ‘हालको प्रकोप यो जाडोमा चरम सीमामा रहनेछ र करिब तीन महिनासम्म तीनवटा लहरमा चल्ने छ ।’

 वु जुनयुले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएको पत्रिकाले जनाएको छ । जुनयुका अनुसार अहिलेदेखि नै मध्य जनवरीसम्म पहिलो लहर चल्नेछ । त्यस्तै, दोस्रो लहर २१ जनवरीबाट सुरु हुने चन्द्र नयाँ वर्षको लागि देशभरि करोडौं मानिसहरूको सामूहिक यात्राले उत्प्रेरित गरेको छ । 

चीनले फेब्रुवरीको अन्त्यदेखि मार्चको मध्यसम्म तेस्रो लहरको सामना गर्ने उनले भविष्यवाणी गरेका छन् ।

    सम्बन्धित समाचार...