८ बैशाख २०८१, शनिबार

अफगानिस्तानमा महिलालाई उच्च शिक्षा नदिने तालिवानको घोषणा

afganistan child

अफगानिस्तानमा शासन गरिरहेको तालिवानले महिलालाई उच्च शिक्षा नदिने घोषणा गरेको छ ।

महिलाका लागि विश्वविद्यालयका ठोका बन्द गरिएको अफगानिस्तानको उच्च शिक्षा मन्त्रीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । मन्त्रीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि यो प्रतिवन्ध लागू गरिएको छ ।

यो निर्णय तत्काल लागू हुने पनि खबरमा उल्लेख छ । यो निर्णयले महिलालाई औपचारिक शिक्षा पाउनबाट बन्चित गर्नेछ ।

गत वर्ष तालिवानले सत्ता हातमा लिएपछि महिलाका लागि विभिन्न निषेध गर्दै आएको छ । यसअघि महिलालाई महिला शिक्षक नै वा वृद्धले मात्र पढाउन पाउने व्यवस्था गरेको थियो ।

    सम्बन्धित समाचार...