१३ बैशाख २०८१, बिहीबार

नवनिर्वाचित ज्येष्ठ सदस्य जबराले आज पद तथा गोपनीयताको शपथ लिँदै

pasupati samser jabara

प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लाग्नुभएको हो । नागरिकताको प्रमाणपत्र अनुसार, ज्येष्ठ सदस्य राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

सभामुखको चयन नहुँदाका बखत प्रतिनिधि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरु सदस्यलाई शपथ दिलाउनुपर्छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई भोलि दिउँसो शपथ गराउने कार्यक्रम तय भएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिक तर्फ एक सय १० गरेर दुई सय ७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

प्रतिनिधि सभाको कार्यकाल पाँच वर्षको हुनेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित समाचार...