२३ बैशाख २०८२, मंगलवार

२२औं आहा रारा गोल्डकप फुटबलमा १० टोली सहभागी हुने

pokhara rangashala

अर्को साता शुरु हुने २२ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ ।

प्रतियोगितामा साविक विजेता सशस्त्र प्रहरीको एपीएफ क्लब, साविक उपविजेता मनाङ मर्स्याङ्दी क्लबसहित त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, अमेरिकाको बिवाईएसस्सी, मछिन्द्र क्लब, नेपाल प्रहरी फुटबल क्लब, सङ्कटा क्लब, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले भाग लिनेछन् ।

पोखरा रङ्गशालामा पुस १४ देखि २३ गते सम्म हुने प्रतियोगीताको विजेताले १२ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस पटक प्रथम पुरस्कारमा २ र दोस्रोमा १ लाख रुपैयाँ बढाइएको आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

    सम्बन्धित समाचार...