७ जेष्ठ २०८१, सोमबार

बागमतीमा ४० मध्ये ३३ दलको जमानत जफत

bagmati pardesh

बागमतीमा प्रदेशसभामा समानुपातिकतर्फ ३३ दलको जमानत जफत भएको छ । निर्वाचन प्रक्रियामा सहभागी भएका कूल ४० दलमध्ये ३३ दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ भने ३५ वटा राजनीतिक दल सहभागी भएका थिए । प्रदेशसभा निर्वाचनमा सहभागी भएका प्रत्यक्षतर्फ पुरुष पाँच सय ८८ र महिलातर्फ ८० गरी ६६८ जना र समानुपातिकतर्फ ७५४ जना उम्मेदवारको बन्द सूची कायम भएको थियो ।     
     
जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका ४१७ जना पुरुष र ६७ जना महिला गरी कूल ४८४ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले उल्लेख गरेको छ ।

    सम्बन्धित समाचार...