२४ बैशाख २०८१, सोमबार

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने फ्रान्सेली फुटबलर बेन्जेमाको घोषणा

karim benzema

फ्रान्सेली स्टार करिम बेन्जेमाले आफ्नो ३५ औँ जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय करियरबाट सन्याषको घोषणा गरेक छन् ।

विश्वकप २०२२ को फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग पेनाल्टी सूटआउटमा हारेको एक दिनपछि उनले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका हु्न् ।

एक पटकका बलोन डी’अर विजेता बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन् । भर्खरै सम्पन्न कतार विश्वकपको स्क्वाडमा रहेपनि थाइको इन्जुरीका कारण विश्वकप भने गुमाएका थिए ।

उनले आफ्नो ट्वीटर ह्यान्डलमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सन्देशसहित लेखेका छन्, ‘मैले प्रयास र गल्ती दुवै गरें । जसका कारण म जुन स्थानमा छु, म गर्व गर्छु । मैले आफ्नो कथा लेखेँ र अन्त्य पनि गरेको छ ।’

बेन्जेमाले सन् २००७ मा फ्रान्सबाट डेब्यु गरेका थिए । उनले फ्रान्सबाट सन् २००८ र २०१२ मा युरोपेली च्याम्पियनसिप खेलेका थिए । सन् २०१४ र २०१६ को युरोपेली च्याम्पियनसिपमा भने विवादमा मुच्छिएपछि सहभागी हुन पाएका थिएनन् ।

उनी युरो २०२० मा अन्तर्राष्टिय फुटबलमा पुन: फर्किएका थिए तर फ्रान्सले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । रियाल मड्रिडबाट व्यावसायिक खेल खेलिरहेका उनले गत सिजन सबै प्रतिस्पर्धामा गरी ४६ खेलमा ४४ गोल गरेका थिए ।

उनको महत्वपूर्ण भूमिकामा रियालले च्याम्पियन्स लिग तथा ला लिगामा जितेको थियो । बेन्जेमाले पुनरागमनपछि १६ खेलमा १० गोल गरेका थिए ।

    सम्बन्धित समाचार...