४ बैशाख २०८१, मंगलवार

श्रीमानको माछा मार्ने लतका कारण सम्बन्ध बिच्छेद गरिन यी महिलाले

fish man divorce

एक चिनियाँ महिलाले हालै आफ्नो १० वर्षको श्रीमानलाई माछा मार्ने लतको कारणले सम्बन्ध विच्छेद गरेकी छिन् । सानडोङ प्रान्तको जुए काउन्टी पिपुल्स कोर्टमा दायर गरिएको सम्बन्धविच्छेदको मुद्दाका अनुसार झाङ उपनाम भएकी महिलाले आफ्नो पतिको माछा मार्ने लत धेरै भएको दाबी गरिन् । 

उनले घरको सबै काम र उनीहरूका दुई बच्चाहरूको हेरचाह गर्ने तर श्रीमान सधै सोफामा बसेर आफ्नो स्मार्टफोन हेर्ने र हरेक साँझ खानापछि आफ्ना साथीहरूसँग माछा मार्न जाने गरेको दाबी गरिन् । 
‘म हरेक बिहान ६ बजेअघि नै उठेर नास्ता तयार गर्छु। म काममा जानु अघि दुई बच्चाहरूलाई स्कूल पठाउँछु । हरेक दिन भाँडा धुन्छु, घर सफा गर्छु, बालबालिकालाई विद्यालयबाट लैजान्छु र उनीहरुको गृहकार्यमा सघाउँछु म थाकेको छु,’ झाङले आफ्नो अदालतमा बुझाएकी थिइन् । 

बारम्बार माछा मार्ने साथीहरूसँग भन्दा आफू र बच्चाहरूसँग धेरै समय बिताउन आग्रह गर्दा पनि नमानेपछि झाङले सम्बन्धविच्छेद नै एक मात्र विकल्प हो भनेर निर्णय गरिन् ।