
कैलालीको गोदावरी नगरपालिका-२ स्थित सशस्त्र क्याम्प अगाडि अज्ञात व्यक्तिले गोली लागि एक जना घाइते भएका छन् ।
गोली प्रहारबाट घोडाघोडी नगरपालिका-१ का २८ वर्षीय विकास सुनार घाइते भएका हुन् । सेतो रङको मोटरसाइकलमा आएका दुई व्यक्तिले उनलाई गोदावरी स्थित सशस्त्र क्याम्प अगाडि गोली प्रहार गरेका हुन् । घाइते सुनार मोटरसाइकलमा थिए ।
घटना आइतबार साँझ ६ बजे भएको प्रहरीले जानकारी दिएको छ । घाइते सुनारको दाहिने हात र ढाडमा चोट लागेको छ । उपचारको लागि उनलाई माया मेट्रो अस्पताल धनगढी पठाइएको प्रहरीको बताएको छ ।
घटनबारे स्थलमा प्रहरी निरीक्षक वासुदेव भट्टको कमान्डमा ११ जनाको प्रहरी टोली खटेको छ ।
घटनाबारे प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।