१५ चैत्र २०८०, बिहीबार

संसदमा बोल्दाबोल्दै सांसदले शर्ट च्याते (भिडियोसहित)

paraguay

दक्षिण अमेरिकी मुलुक पाराग्वेमा संसदमा बोल्दाबोल्दै एक पुरुष सांसदले आफ्नो शर्ट च्यातेका छन् । सीमानाका खोल्ने विषयमा चर्को भाषण गर्दैगर्दा उनले शर्ट च्यातेका हुन् ।

स्वतन्त्र सांसद होर्खे एन्टोनियो ब्रिटेजले ब्राजिलसँग सीमामा रहेको पुल खोल्ने विषयमा भएको बहसमा भाग लिएका थिए ।

उनले सरकारलाई उक्त पुल खोल्न भनेका थिए । पुल कोरोनाभाइरस महाव्याधि शुरू भएदेखि नै बन्द गरिएको छ । ‘म कोही मरोस् भन्ने चाहदिनँ तर सिउदाद देल एस्ते ६० दिनदेखि बन्द छ ।’

ब्राजिलसँगको व्यापारमा नै सीमाक्षेत्रका ८० प्रतिशत नागरिक निर्भर रहेको उनले बताए र जोशैमा शर्ट च्याते ।

उनले थपे, ‘हामीले काम गर्नुपर्ने हुन्छ र सबै प्रोटोकल अनुसरण गरिरहेका छौं । म मेरा जनताका लागि स्वास्थ्य, रोजगारी र शिक्षाको माग गरिरहेको छु अनि तपाईंहरू एउटा शर्टबाट स्तब्ध हुनुहुन्छ ।’

घटनालगत्तै सभामुख होर्गे आलियानाले सत्र समाप्त भएको घोषणा गरे । एजेन्सी