११ बैशाख २०८१, मंगलवार

नेपालमा कोरोना भाइरसबाट ११ औं व्यक्तिको निधन, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि

coronavirus dead body

कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बिहीबार बिहान २ः१५ मा सुर्खेतको पखंपुरी नगरपालिका–९ विद्यापुरस्थित जनता माध्यामिक विद्यालयको क्वारेन्टिनमा रहेका २० वर्षीय युवकको मृत्यु भएको थियो ।

क्‍वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई २१ जेठमा घर पठाइएको थियो।

“भारतको मुम्बईबाट आएपछि १४ दिन क्‍वारेन्टाइनमा बसेका थिए,” ७ जेठमा आएका उनीहरूलाई १४ दिन क्‍वारेन्टाइनमा राखेर आरडीटी परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको थियो।”

उनको मृत्युपश्चात स्वाब संकलन गरी प्रदेश अस्पताल, सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला पठाइएको र आज मृतक कोरोना संक्रमण भएको पुष्टि भएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताएका छन् ।

बिहिबार पनि पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका थिए । बिहीबार बिहान करिब पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार पखपुरी नगरपालिका–१ हाँसेगाउँ निवासी उक्त युवकलाई आरडिटी रिपोर्ट नेगेटिभ आएको र कोभिड–१९ सम्बन्धित लक्षणहरु नभएकाले होम क्वारेन्टिनमा पठाइएको थियो ।

अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले ७३ दिन अघि लकडाउन घोषणा गरेको थियो। लकडाउन शुरु हुँदा नेपालमा भाइरसबाट दुई जना मात्रै संक्रमित थिए। एक जना डिस्चार्ज भइसकेका थिए भने काठमाडौंमा कोभिड-१९ को एक मात्रै पोजिटिभ केस थियो। हाल संक्रमितको संख्या २६ सय नाघिसकेको छ।

संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। एक हप्तामा नै एक हजारभन्दा बढीमा संक्रमित देखिएको छ। सँगै मृतकको संख्यापनि बढ्दै गएको छ।

नेपालमा संक्रमणका कारण मृत्यु हुने अधिकांशमा कोभिड-१९ भएको पुष्टि उनीहरुको मृत्युपछि मात्रै भएको छ।

bbbbb 625x768 1