३ जेष्ठ २०८१, बिहीबार

५ महिनामा सरकारको आम्दानी ८५ अर्ब रुपैयाँले घट्यो

ministry of finance nepal ghatana

चालु आर्थिक वर्षको ५ महिनामा सरकारको आम्दानी ८५ अर्ब रुपैयाँले घटेको छ ।

साउनदेखि मंसिरसम्म कर र गैरकरबाट सरकारले ३ खर्ब २६ अर्ब ८९ करोड रुपैयाँमात्र राजस्व आम्दानी गरेको छ। गत आर्थिक वर्ष २०७८–०७९ को मंसिरसम्म सरकारले ४ खर्ब १२ अर्ब ४० करोड ३४ लाख रुपैयाँ राजस्व आन्दानी गरेको थियो ।

यो वर्ष सरकारले १४ खर्ब ३ अर्ब बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । सरकारले झण्डै एक वर्ष विभिन्न खालका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा राज्यको आम्दानी गुमेको अर्थमन्त्री जनार्दशन शर्माले बताउँदै आउनुभएको छ ।

यो पाँच महिनामा सरकारको खर्च भने ४ खर्ब ३५ अर्ब २१ करोड रुपैयाँ भएको छ । गत वर्षको यसै अवधिको तुलनामा सरकारको खर्च भने ४८ अर्ब १७ करोड रुपैयाँ बढी भएको छ । यसवर्ष चुनावका कारण पनि खर्च बढी देखिएको जानकार बताउँछन् ।

    सम्बन्धित समाचार...