१३ बैशाख २०८१, बिहीबार

गठबन्धनबाटै सरकारको नेतृत्व गर्छु, एमालेसँग सहकार्य गर्दिनँ : प्रचण्ड

parchand
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले एमाले नेतृत्वसँग छलफलको लागि तयारी गरेको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेका छन्। उनले सत्ता गठबन्धन नछोड्ने स्पष्ट पारेका छन् ।

संक्षिप्त कुराकानीमा उनले एमाले नेतृत्वसँग सरकार गठनबारे तत्काल वार्ता तथा सम्वादको कुनै सम्भावना नरहेको दाबी गरे । उनले भने,‘एमालेसँग सरकार गठनको लागि वार्ता गर्ने भन्ने कुरामा सत्यता छैन् । यो गलत कुरा हो । हामी गठबन्धनमा छौं । यही गठबन्धनले नयाँ सरकार बनाउँछ ।’

दाहालले आफूले सत्ता गठबन्धनबाट नै सरकारको नेतृत्व गर्ने विश्वास दिलाए । पछिल्लो समय एमाले र माओवादी केन्द्रका नेताहरुले सत्ता सहकार्यको लागि भेटवार्ता गरेको समाचार आएका छन् ।

दाहालले भने ती भेटवार्ता निर्वाचनमा जितेकोमा एक अर्कामा बधाई साटासाटबाहेक केही पनि नभएको जिकिर गर्ने गरेका छन् । सत्ता गठबन्धनले नयाँ सरकार गठनको लागि गृहकार्य थालेको छ ।